काठमाडौं । पोखरा एभेन्जर्सलाई चार विकेटले पराजित गर्दै विराटनगर किंग्सले एनपीएलको तेस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ । यो जितसँगै विराटनगर प्रतियोगितामा ६ अंकका चौथो स्थानमा उक्लिएको छ । टोलीले ६ खेल खेल खेल्दा समान तीन जित र हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहीबारको पहिलो खेलमा पोखराले प्रस्तुत गरेको १३३ रनको लक्ष्य विराटनगरले चार बल बांकी छंदै ६ विकेट गुमाएर पूरा गर्यो । बिराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँएपछि पोखरालाई ४ विकेटले पराजित गरेको हो ।
छ अंक जोडेको विराटनगरले लिगको अन्तिम खेल लुम्बिनी लायन्ससँग खेल्नेछ । पोखराको भने छैटौं खेलमा यो पाँचौ हार हो । २ अंकसहित पूछारमा रहेको पोखरा लिग प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
विराटनगरका लागि बसिर अहमदले संयमित ब्याटिङ गर्दै ३७ रन बनाए । ३९ बल खेलेका उनले समान २ चौका र २ छक्का प्रहार गरे । ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३३ रन जोडे ।
आठौं नम्बरमा ब्याटिङ गरेका इसुरु उडानाले १२ बल खेल्दै अविजित ४ चौका र १ छक्का मदतमा अविजित २५ रन बनाए। सातौं नम्बरमा ब्याटिङ गरेका शेहान जयासूर्याले १४ बल खेल्दै २ चौका मदतमा अविजित १७ रन बनाए ।
पोखराका लागि कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ तथा बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले ओपनर युवराज सिंह सम्राले ८४ रन बनाएपनि अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न नसक्दा पोखरा १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रनमा अलआउट भएको थियो ।