काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘बेहुली भएको दिन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पूर्वसचिव एवं एरोनोटिक इन्जिनियर सुरेश आचार्य (सियारा) को शब्द रचना तथा महेश खड्काको संगीत रहेको उक्त गीतको म्युजिक भिडियो Sierra Neo Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
गीतमा प्रमोद खरेलको सुमधुर स्वर र महेश खड्काको संगीतले शब्दलाई जीवन्त बनाउने प्रयास गरिएको छ । सुरेश आचार्यको शब्द रचनामा तयार भएको यस गीतले श्रोतामाझ आफ्नो छुट्टै छाप छाड्ने अपेक्षा गरिएको छ ।
सुरेश साहित्यिक एवं सांगीतिक क्षेत्रमा ‘सियारा आचार्य’ नामले चिनिन्छन् । उनले यसअघि दर्जनौँ गिती एल्बम बजारमा ल्याइसकेका छ्न् ।