एनपीएल : आज सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवैलाई जित्नुपर्ने दबाब

एनपीएल : आज सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवैलाई जित्नुपर्ने दबाब

मंगलवार, कार्तिक २४ २०८३
मंगलवार, कार्तिक २४ २०८३
  • एनपीएल : आज सुदूरपश्चिम र जनकपुर भिड्दै, दुवैलाई जित्नुपर्ने दबाब

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि महत्त्वपूर्ण हुनेछ ।

    ५ खेलबाट ६ अंक जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ । पछिल्ला दुई खेलमा लगातार जित निकालेको सुदूरपश्चिम आज पनि जितको लय कायम राख्न चाहन्छ ।

    यता ५ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको जनकपुर लगातार दुई हारको शृङ्खला तोड्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यमा हुनेछ ।

    यस संस्करणमा सुदूरपश्चिमका इशान पाण्डेले सर्वाधिक ९२ रन बनाएका छन् भने अनिल खरेलले ७ विकेट लिएका छन् । जनकपुरका सैफ हसनले १४० रन बनाउँदा राहुल यादवले ८ विकेट लिएका छन् ।

    हेड टु हेडमा पनि सुदूरपश्चिम बलियो देखिएको छ । यी दुई टोलीबीच भएका पछिल्ला चार भेटमध्ये सुदूरपश्चिमले तीन खेल जितेको छ भने जनकपुरले एक खेल जितेको छ ।

    आजको खेल जिते सुदूरपश्चिमको ८ अंक पुग्नेछ भने जनकपुरले जित निकाले ६ अंक जोड्नेछ । त्यसैले प्लेअफको दौडमा आफूलाई बलियो बनाउन दुवै टोली आज जितको खोजीमा मैदान उत्रनेछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij