एनपीएलमा आज कर्णालीसँग पोखरा र चितवनसँग काठमाडौं भिड्दै

एनपीएलमा आज कर्णालीसँग पोखरा र चितवनसँग काठमाडौं भिड्दै

सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • एनपीएलमा आज कर्णालीसँग पोखरा र चितवनसँग काठमाडौं भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् ।

    पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ । दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

    एनपीएलको पछिल्लो अंकतालिकामा लुम्बिनी लायन्स ७ अंकसहित शीर्ष स्थानमा रहेको छ । ५ खेल खेलेको लुम्बिनीले ३ जित, १ हार र १ नतिजाविहीन खेलसहित ७ अंक जोडेको छ ।

    काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । त्यस्तै, चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्स समान ४ अंकसहित पाँचौँ, छैटौँ र सातौँ स्थानमा छन् ।

    पोखरा एभेन्जर्स भने ४ खेलमा कुनै जित निकाल्न नसक्दा अंकविहीन हुँदै तालिकाको पुछारमा रहेको छ । हिजो कुनै खेल भएन । त्यस्तै पर्सि बुधबार भाइटीकाका दिन पनि कुनै खेल हुने छैन ।

    भाइटीकाको अर्को दिन बिहीबार पनि दुई खेल छन् । विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबिच बिहीबार प्रतिस्पर्धा हुने तालिका छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij