पश्चिमी वायुको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सोमवार, कार्तिक २३ २०८३
सोमवार, कार्तिक २३ २०८३
  • पश्चिमी वायुको प्रभाव : हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज सोमबार देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ । त्यस्तै, कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागमा पनि आंशिक बदली हुने पूर्वानुमान छ ।

    महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ । देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    सोमबार राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    यसैगरी, तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ । रातिको समयमा गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij