लुम्बिनीको अपराजित यात्रा रोकियो, काठमाडौं ३६ रनले विजयी

लुम्बिनीको अपराजित यात्रा रोकियो, काठमाडौं ३६ रनले विजयी

शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • लुम्बिनीको अपराजित यात्रा रोकियो, काठमाडौं ३६ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा काठमाडौं गोर्खाजले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको छ । शनिबार भएको खेलमा जित निकाल्दै काठमाडौंले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो ।

    काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा १२५ रन मात्रै बनाउन सक्यो । यससँगै प्रतियोगितामा लुम्बिनीको अपराजित यात्रा समाप्त भएको छ ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाएको थियो ।

    अस्ट्रेलियाली ब्याटर डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । उनले ५० बलमा ९ चौका र एक छक्का प्रहार गरे । त्यस्तै साहिल पटेलले ३८ तथा सहान आराचिगेले अविजित ३४ रनको योगदान दिए ।

    लुम्बिनीका शेर मल्ल, अभिषेक गौतम र रुबेन ट्रम्पलम्यानले समान दुई-दुई विकेट लिए ।

    लगातार तेस्रो जितसँगै काठमाडौंले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ भने लुम्बिनीले पहिलो हार व्यहोरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij