एनपीएलमा आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

एनपीएलमा आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

शुक्रवार, कार्तिक २० २०८३
शुक्रवार, कार्तिक २० २०८३
  • एनपीएलमा आज कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

    कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदान उत्रनेछन् ।

    दुवै टोलीले समान चार अंक जोडेका छन् । तर, रनरेटका आधारमा कर्णाली अगाडि छ । तीन खेल खेलेको कर्णालीले दुई जित र एक हारसहित चार अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ ।

    यस्तै, चार खेल खेलेको सुदूरपश्चिमले पनि दुई जित र दुई हारसहित चार अंक जोडेको छ । रनरेटमा पछाडि रहेको टोली तालिकाको छैटौँ स्थानमा छ ।

    आजै बेलुकी ५ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा पोखरा प्रतियोगितामा पहिलो जितको खोजीमा हुनेछ । तीन खेल खेलिसकेको पोखराले अहिलेसम्म जित निकाल्न सकेको छैन । अंकविहीन पोखरा तालिकाको पुछारमा छ ।

    यता, चितवन भने दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । तीन अंकसहित तालिकाको सातौँ स्थानमा रहेको चितवनले एक जित र एक हार व्यहोरेको छ । वर्षाका कारण टोलीको एक खेल भने रद्द भएको थियो ।

    यसअघि हिजो भएका खेलमा काठमाडौंले विराटनगरलाई पराजित गरेको थियो भने लुम्बिनीले जनकपुरलाई हराएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij