रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

मंगलवार, कार्तिक १७ २०८३
मंगलवार, कार्तिक १७ २०८३
  • रसेलको अलराउन्ड प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ ।

    मंगलबार काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो ।

    जनकपुरका लागि सैफ हसनले अविजित ७१ रन बनाए । उनले ४७ बलमा २ चौका र ५ छक्का प्रहार गरे । यस्तै, विशाल सुश्लिङले ४३ तथा जेम्स निशमले २७ रनको योगदान दिए ।

    विराटनगरका आन्द्रे रसेलले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । एन्जेलो म्याथ्युजले २ तथा रुपेश सिंहले १ विकेट हात पारे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

    विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । आन्द्रे रसेलले अविजित ५२ तथा लोकेश बमले ५० रनको योगदान दिए ।

    जनकपुरका अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

    ब्याटिङमा अविजित अर्धशतक र बलिङमा ३ विकेट लिएका रसेलको अलराउन्ड प्रदर्शन विराटनगरको जितमा निर्णायक बन्यो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij