एनपीएलमा आज काठमाडौं र कर्णाली, सुदूरपश्चिम र चितवन  भिड्ने

एनपीएलमा आज काठमाडौं र कर्णाली, सुदूरपश्चिम र चितवन  भिड्ने

सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • एनपीएलमा आज काठमाडौं र कर्णाली, सुदूरपश्चिम र चितवन  भिड्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साढे १२ वजे काठमाडौं गोर्खाज र कर्णाली याक्स आमने सामने हुनेछन् । 

    त्यसैगरी साँझ पाँच वजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा प्रतियोगितामा अंकतालिकाको शिर्ष स्थानमा रहेको कर्णालीले पुछारमा रहेको काठमाडौं संग खेल्नेछ । पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौं आफ्नो पहिलो जितको खोजीमा रहने छ । 


    यसअघिका दुवै खेल जितेको कर्णाली याक्स भने लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थान बलियो बनाउन चाहन्छ । कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पाखा लगाएको थियो ।

    सुदूरपश्चिम रोयल्सका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। सुदूरपश्चिमले हालसम्म खेलेका ३ खेलमध्ये १ खेलमा जित र २ खेलमा हार व्यहोरेको छ। चितवन भने प्रतियोगितामा अहिलेसम्म अपराजित छ। पहिलो खेलमा जित हात पारेको चितवनले दोस्रो खेल वर्षाका कारण रद्द भएपछि अंक बाँडेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij