अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु

अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु

सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • अमेरिकाको फ्लोरिडामा जेट दुर्घटना, नौजनाको मृत्यु

    काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा जेट दुर्घटना भएको छ । सो दुर्घट्नामा परेर नौजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौजनाको मृत्यु भएको बताइएको छ । 

    अमेरिकी सुरक्षा अधिकारीका अनुसार दुर्घटना पाम बीच काउन्टीको आवासीय क्षेत्र क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको थियो । यो स्थान राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ ।

    दुर्घटनास्थलका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै लियरजेट ६० विमानका टुक्रा छरिएका छन्। अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार उक्त विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो । 

    सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा गाडीहरू गुडिरहेका बेला विमान जमिनमा खसेर ठूलो आगोको गोलामा परिणत भएको थियो । फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा दुर्घट्नाको दृश्य निकै भयावह रहेको बताए । विमानमा को–को सवार थिए भन्ने अझै स्पष्ट भएको छैन । 

    दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्ति हताहत भएको विवरण प्राप्त नभएको गभर्नर डिसान्टिसले बताए । यातायात मन्त्री शोन डफीले घटनालाई भयावह त्रासदी भन्दै एफएएले राष्ट्रिय यातायात सुरक्षा बोर्डको अनुसन्धानमा सहयोग गर्न टोली दुर्घटनास्थल पठाउन लागेको जानकारी दिए । बीबीसी

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij