भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

सोमवार, कार्तिक १६ २०८३
सोमवार, कार्तिक १६ २०८३
  • भैरहवामा युवा क्रिकेटको जमघट, फ्रेन्डसीप सिरिज

    रूपन्देही । युवा क्रिकेट खेलाडीको प्रतिभा पहिचान, खेलकौशल विकास र प्रतिस्पर्धात्मक अनुभव अभिवृद्धि गर्ने उद्देश्यले रुपन्देहीमा ‘एकेडेमी फ्रेण्डसीप सिरिज–२०८३’ सुरु भएको छ । रुपन्देही क्रिकेट सङ्घको आयोजनामा आइतबारदेखि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा सुरु भएको प्रतियोगिता आगामी कात्तिक २० गतेसम्म सञ्चालन हुनेछ । 

    प्रतियोगितामा रुपन्देही क्रिकेट एकेडेमी र काठमाडौँस्थित हिमालयन स्पोट्र्स म्यानेजमेन्ट एकेडेमीका खेलाडी सहभागी छन् । सङ्घका कोषाध्यक्ष धिरज अधिकारी क्षेत्रीका अनुसार प्रतियोगितामा १५ वर्षमुनि, १४ वर्षमुनि र १२ वर्षमुनिका खेलाडीबीच मैत्रीपूर्ण प्रतिस्पर्धा हुनेछ ।

     सङ्घका सचिव उदयकुमार मल्लिकले दुवै एकेडेमीका खेलाडीलाई खेल अभ्याससँगै प्रतिस्पर्धाको अवसर प्रदान गर्ने र एकअर्काबाट सिक्ने वातावरण निर्माण गर्ने उद्देश्यले सिरिज आयोजना गरिएको बताए। प्रतियोगिताको उद्घाटन गर्दै पर्यटन व्यवसायी अमितकुमार गुप्ताले सानै उमेरदेखि बालबालिकाले क्रिकेटप्रति देखाएको रुचि सकारात्मक रहेको बिचार व्यक्त गरे । 

    नेपाल क्रिकेट सङ्घका पूर्वकार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले खेलाडीले प्रशिक्षकका सुझावलाई आत्मसात् गर्दै अनुशासन र निरन्तर अभ्यासमा ध्यान दिनुपर्नेमा जोड दिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य अमृत भट्टराईले युवा खेलाडीको क्षमता विकासका लागि नियमित प्रतियोगितामा सहभागिता आवश्यक रहेको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij