राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा

आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • राष्ट्रिय खेलकुदका लागि कञ्चनपुरमा आठ सय खेलाडी छनोट प्रतिस्पार्धामा
    कञ्चनपुर । आगामी मङ्सिर १६ गतेदेखि २७ गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कञ्चनपुरमा जिल्ला छनोटको तयारी थालिएको छ ।
     
    जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले कञ्चनपुरका २३ वटा खेल विधामा ८४० जना खेलाडीले छनोटका लागि फारम भरेका बताए । “२३ वटा खेलमा ८४० जना खेलाडीले फारम भरेर खेल तयारीमा जुटेका छन”, उनले भने, “जिल्लाबाट प्रतिस्पर्धामार्फत ११५ जना छनोट हुनेछन् ।” 
     
    समितिले मङ्गलबारदेखि जिल्ला छनोट गर्ने तयारी गरेको उनले बताए। कञ्चनपुरमा बक्सिङ, कराते, तेक्वान्दो, कुस्ती हक्की, भारात्वोलन, फुटबल, खोखो, क्रिकेट, टेबलटेनिस, उसु, कबड्डी, र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुनेछ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij