वर्षाका कारण एनपीएलका आजका दुवै खेल प्रभावित हुने सम्भावना

वर्षाका कारण एनपीएलका आजका दुवै खेल प्रभावित हुने सम्भावना

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • वर्षाका कारण एनपीएलका आजका दुवै खेल प्रभावित हुने सम्भावना

    काठमाडौं । निरन्तर वर्षाका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेकाले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल सञ्चालन गर्न कठिनाइ हुने देखिएको हो ।

    अघिल्लो खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको भए पनि वर्षा नरोकिएकाले मैदान चिसो बनेको छ । मौसमविद्का अनुसार दिउँसोसम्म पनि पानी पर्ने सम्भावना रहेकाले आजका खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ ।

    निर्धारित तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, साँझ ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ ।

    एनपीएलमा रिजर्भ डे को व्यवस्था नभएकाले वर्षाका कारण खेल रद्द भएमा वा नतिजाविहीन बनेमा दुवै टोलीले एक–एक अंक बाँड्नेछन् । यद्यपि, मौसममा सुधार आई मैदान खेल्नयोग्य भएमा कम्तीमा पाँच ओभरको खेल सञ्चालन गर्ने सम्भावना भने कायम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij