मातातीर्थमा तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव सुरु

मातातीर्थमा तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव सुरु

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • मातातीर्थमा तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव सुरु

    काठमाडौं । चन्द्रागिरि नगरपालिका–६, मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ सुरु भएको छ । मातातीर्थ संरक्षण तथा विकास संस्थाको मुख्य आयोजनामा शुक्रबारदेखि सुरु भएको महोत्सव कात्तिक ३० गतेसम्म बालागाउँस्थित मातातीर्थ कुण्डचौरमा सञ्चालन हुनेछ ।

    महोत्सव व्यवस्थापन समितिका संयोजक सन्दीप महतका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, फेसन शो, नृत्य, विभिन्न वस्तु तथा सेवाका प्रदर्शनी र मनोरञ्जनात्मक गतिविधि समावेश गरिएका छन् ।

    महोत्सवमा महेश काफ्ले, हेमन्त शर्मा, प्रताप दास, धिरज राई, काले लम्साल, अस्मिता अधिकारी, नवराज घोरासैनी, नमिता बानियाँ, शोभा राशी परियार, ओमप्रकाश ज्ञवाली, सरोज लामिछाने, प्रतिमा अर्याल, कमल बिसी, मालती, किरण बोहरा, जिला राई र सुमित्रा राईलगायत कलाकारको प्रस्तुति रहने महतले जानकारी दिए ।

    महोत्सवमा औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, कृषि औजार, अटोमोबाइल, विद्युतीय सामग्री, मोबाइल तथा इलेक्ट्रोनिक्सका साथै स्थानीय कला, संस्कृति, व्यापार र पर्यटनसम्बन्धी प्रदर्शनीसमेत राखिनेछ । बाल उद्यान, मनोरञ्जनात्मक खेल, व्यापारिक स्टल र स्थानीय उत्पादनको प्रदर्शनी पनि महोत्सवका प्रमुख आकर्षण रहने आयोजकले जनाएको छ ।

    संस्थाका अध्यक्ष शान्त उदासका अनुसार महोत्सवमा प्रवेश निःशुल्क रहनेछ । तर, कात्तिक १९, २०, २१, २७, २८, २९ र ३० गते आयोजना हुने विशेष सांस्कृतिक कार्यक्रमका लागि भने प्रवेश शुल्क लाग्नेछ ।

    संयोजक महतले महोत्सवले स्थानीय व्यापार तथा व्यवसायको प्रवर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण, पर्यटन विकास र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार महोत्सवले चन्द्रागिरि क्षेत्रको आर्थिक गतिविधि बढाउनुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij