सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन

सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन

शुक्रवार, कार्तिक १३ २०८३
शुक्रवार, कार्तिक १३ २०८३
  • सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको निधन

    बुटवल । नवलपरासी पश्चिममा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ ।

    शुक्रबार दिउँसो रामग्राम नगरपालिका–२ स्थित सेतो पुल नजिकै ट्रकको ठक्करबाट पोखरेलको मृत्यु भएको हो ।

    हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशामा गुडिरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३, भलवाडी निवासी पोखरेल गम्भीर घाइते भएका थिए ।

    उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल परासी लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

    पत्रकारितामा सक्रिय पोखरेल अग्निपरीक्षा साप्ताहिक पत्रिकाका प्रकाशकसमेत थिए ।

    प्रहरीले दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij