साल्ट ट्रेडिङको सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

साल्ट ट्रेडिङको सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • साल्ट ट्रेडिङको सुपथ मूल्यमा ८ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री
    बागमती । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ ।
     
    सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।
     
    उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो । बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको उनले बताए।
     
    त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो/मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ ।
     
    चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
     
    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij