एनपीएलमा आज दुई खेल, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्ने

एनपीएलमा आज दुई खेल, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्ने

बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • एनपीएलमा आज दुई खेल, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्ने

    काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। 

    पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले दोस्रो खेल खेल्न लागेको हो। तेश्रो सिजनको पहिलो खेल खेल्न लागेको काठमाडौं भने विजयी सुरुवात गर्ने दाउमा छ ।

    दिउँसो साढे १२ हुने पहिलो खेलमा आमनेसामने हुन लागेका यी दुई टोलीबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। आज साँझ पाँच वजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। 

    जनकपुरलाई हराउँदै विजयी सुरुवात गरेको कर्णाली सोही लय कायम राख्ने लक्ष्यमा रहँदा पहिलो खेलमा जित नजिक पुगेर चितवन राइनोजसँग हारेको विराटनगर पुनरागमनको खोजीमा छ। विराटनगर आफ्नो अघिल्लो खेलको नतिजालाई बिर्सदै पुनरागमन गर्न चाहन्छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij