काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र विराटनगर किङ्ग्स आमने सामने हुनेछन् । साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्।
सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किंग्समा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलिया लगायतका खेलाडी छन्। त्यस्तै, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने, चरिथ असलंका, इमरान शेख लगायतका नाम चलेका विदेशी खेलाडी पनि विराटनगरको टिममा समावेश छन् ।
विराटनगरसँग प्रतिस्पर्धा गर्न लागेको चितवन राइनोज कुशल मल्लको कप्तानीमा मैदानमा उत्रने छ। चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा रहनेछन् । त्यसैगरी चितवनको टिममा रवि बोपारा, सिकन्दर राजा, कलिम साना लगायतका चर्चित विदेशी खेलाडी समावेश छन्।
त्यस्तै, साँझ मैदान उत्रिन लागेको जनकपुरको टोलीका कप्तान हर्मित सिंह रहेका छन्। जनकपुरमा उनीबाहेक कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता, तृतराज दासजस्ता खेलाडी समावेश छन्।
त्यसैगरी, जनकपुरमा अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली, इफ्तिकार अहमद लगायतका खेलाडी पनि छन्। जनकपुरविरुद्ध मैदान उत्रिने कर्णालीको टिममा सोमपाल कामी कप्तान छन्। यस टिममा डेभिड मिलर,नन्दन यादव, युवराज खत्री, पवन सर्राफ छन्।
त्यस्तै, विपिनप्रसाद शर्मा, दिपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा, दिवान पुन लगायतका खेलाडी पनि कर्णालीको टिममा समावेश छन्। सोमबारदेखि सुरु भएको एनपीएलको उद्घाटन खेलमा साविक बिजेता लुम्बिनी लाइन्सले सुदुरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गर्दै उत्कृष्ट शुरुवात गरेको छ ।