पश्चिमी वायुको प्रभावः आगामी पाँच दिन वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावः आगामी पाँच दिन वर्षा र हिमपातको सम्भावना

सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • पश्चिमी वायुको प्रभावः आगामी पाँच दिन वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी पाँच दिन देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि नै देशका केही भूभागमा आंशिक बदली हुने र बुधबारदेखि शुक्रबारसम्म हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात हुन सक्नेछ ।

    मौसमविद् रोजन लामिछानेका अनुसार आज हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ ।

    मङ्गलबार कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । यस क्रममा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    बुधबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । बिहीबार र शुक्रबार पनि विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम बदली भई वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    वर्षा तथा हिमपातले जनजीवन, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा असर पार्न सक्ने भएकाले महाशाखाले मौसमको अद्यावधिक सूचना लिएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij