सप्तकोसीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता

आइतवार, कार्तिक ८ २०८३
आइतवार, कार्तिक ८ २०८३
  • सप्तकोसीमा मोटरबोट दुर्घटना : तीन जनाको मृत्यु, चार बेपत्ता

    धरान । सप्तकोसी नदीमा आइतबार दिउँसो मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । दुर्घटनामा परेका नौ जनाको सकुशल उद्धार गरिएको छ ।

    भोजपुरको हतुवागढीस्थित खोप्चेबाट सुनसरीको चतरातर्फ आउँदै गरेको मोटरबोट सप्तकोसी नदीमा दुर्घटनामा परेको हो । दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ । मृतकहरूको पहिचान खुल्न सकेको छैन । उनीहरूको शव चतरास्थित अस्पतालमा राखिएको छ ।

    एक घाइतेका अनुसार अरुण, दूधकोसी र सप्तकोसीको त्रिवेणी क्षेत्रनजिकै इन्जिन फेल भएपछि जेटबोट दुर्घटनामा परेको हो ।

    घटनालगत्तै उद्धारका लागि सुनसरीको विपद् व्यवस्थापन गुल्म र उदयपुरबाट समेत प्रहरी परिचालन गरिएको थियो । हाल सशस्त्र प्रहरीले उद्धार तथा बेपत्ताको खोजी कार्यको नेतृत्व गरिरहेको जनाइएको छ ।

    घटनास्थलमा फोन सम्पर्क हुन नसकेका कारण नियमित रूपमा घटनाको विवरण प्राप्त गर्न कठिनाइ भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताएका छन् ।

    बेपत्ता भएका चार जनाको खोजी कार्य जारी रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij