एनपिएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

एनपिएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

सोमवार, कार्तिक ९ २०८३
सोमवार, कार्तिक ९ २०८३
  • एनपिएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने
    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उद्घाटन  प्रधानमन्त्री वालेन्द्र शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज वेलुकी पाँच वजे प्रधानमन्त्री शाहले एनपीएलको उद्घाटन गर्ने भएका हुन् ।  
     
    यसैबीच, प्रधानमन्त्री शाहले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना दिएका छन् ।आज केही वर्षमै नेपाली खेलकुदको ठूलो उत्सवका रूपमा स्थापित भएको बताएका छन् । 
     
    आजदेखि सुरु हुन लागेको एनपिएलको तेस्रो संस्करणका अवसरमा सामाजिक सञ्जालमार्फत सफलताको शुभकामना व्यक्त  गर्दै प्रधानमन्त्री शाहले सो बिचार व्यक्त गरेका हुन् । प्रधानमन्त्री शाहले एनपिएलमा सहभागी हुन आएका सबै अन्तरराष्ट्रिय खेलाडी तथा ‘कमेन्टेटर’लाई हार्दिक स्वागत गर्दै यस सुन्दर खेल उत्सवको सफलताका लागि सम्पूर्ण नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट सङ्घ (क्यान) लाई हार्दिक शुभकामना दिएका छन् । 
     
    एनपिएलको उद्घाटन खेल आज साँझ ५ः०० बजेदेखि सुरु हुँदैछ । यसमा दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij