डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • डेविड मलानको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

    काठमाडौं । चितवन राइनोजले विराटनगर किङ्गसलाई १५८ रनको लक्ष्य दिएको छ । नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा चितवनले १५७ रन बनाउँदै विराटनगरलाई १५८ रनको लक्ष्य दिएको हो । 

    टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रनको योग बनायो । 

    चितवनका लागि डेविड मलानले ५० बलमा ७० रन बनाएर दमखार प्रस्तुती दिए । रवि बोपाराले २६ बलमा ३२ रन र डैन मौसलीले २२ बलमा २९ रनको योगदान दिए । त्यस्तै, अन्य खेलाडीहरु देव खनाल र अर्जुन साउदले क्रमशः १२ र ३ रन बनाएका छन् । 

    टस जितेर फिल्डिङ रोजेको विराटनगरका लागि एङ्ग्लो म्याथु, आन्ड्रे रसेल र चारिथ असालंकाले एक–एक विकेट लिए । 

    अब, जितका लागि विराटनगरलाई १५८ रनको आवश्यकता रहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij