काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमा अलआउट भयो । विराटनगरका इमरान शेखले ३९, लोकेश बमले २६ र आन्द्रे रसेलले ३३ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् ।
चितवनका कमल ऐरीले सर्वाधिक ४ विकेट लिए भने रिजन ढकालले २ विकेट लिए । टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले १–१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो । चितवनका डेविड मलानले सर्वाधिक ७० रन बनाए । रवि बोपारा ३२ र दान माउजली २९ रनमा अविजित रहे ।
विराटनगरका चार बलरले १–१ विकेट लिएका थिए ।