विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

    झापा। मेचीनगर नगरपालिकाले अनुमति बेगर अस्पताल, क्लिनिक तथा प्रयोगशाल सञ्चालन गर्ने १३ निकायलाई कारबाही गरेको छ ।

    नगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र उपभोक्ता जागरण अभियान नेपालको टोलीले चारआली, धुलावारी, इट्टाभट्टा र काँकडभिट्टामा सञ्चालित दुई दर्जनभन्दा बढी अस्पताल, क्लीनिक र फार्मेसीमा अनुगमन गरेको थियो।

    विना अनुमति सञ्चालन गरिएका स्वास्थ्य संस्थालाई आजैदेखि शिलबन्दी गरिएको मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले बताए।

    शिलबन्दीमा मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताल र मेचीनगर–१० धुलाबारीस्थित सामुदायिक स्वास्थ्य सेवा प्रालिसमेत रहेका छन् । इजाजतसम्बन्धी कागजात नभएका दुईवटै संस्थालाई जनही रु दुई लाख ५० हजार जरिवाना गरिएको छ।

    इजाजत नलिई प्रयोगशाला ९ल्याब० सञ्चालन गरेका मेचीनगर–१० धुलाबारीको शिखर अस्पताल प्रालिलगायत ११ वटा अस्पताल, क्लीनिक र फार्मेसीलाई रु ७५ हजारका दरले जरिवाना गरिएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए।

    अवैध रुपमा प्रयोगशाला सञ्चालन गर्दै आएका प्रतिमा जमूना मेडिकल, न्यूमिलन मेडिकल हल, रोहन मेडिकल, दिव्यांशी मेडिकल, बरुनाभ मेडिकल, भरोसा मेडिकल, काँकडभिट्टा आइकेयर सेन्टर, तेजस्वी मेडिकल, रस्मिका फार्मेसी र जीवन रक्षा मेडिकल जनही रु ७५ हजारका दरले जरिवाना गरिएको छ।

    “कहलिएका मेडिकल क्लीनिक र अस्पतालमा समेत विना इजाजत प्रयोगशाला सञ्चालन गरिनु गम्भीर लापरबाही हो”, बजार अनुगमनमा खटिनु भएको उपभोक्ता जागरण अभियान झापाका सदस्य अर्जुन कार्कीले भने, “नागरिकको स्वास्थ्य सेवासँग जोडिएको सम्वेदनशील विषयमा गल्ती र लापरबाही गर्ने छुट कसैले पनि पाउनुहुँदैन।”

    अनुगमनपछि अस्पतालसहित ११ वटा निजी स्वास्थ्य संस्था तथा क्लीनिकमा अनुगमन टोलीले शिलबन्दी गरेको थियो। जरिवाना बुझाएर इजाजतपत्र अद्यावधिक गरेपछि मात्र शिल खोलिने मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताए।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij