सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट विनियोजन

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट विनियोजन

सोमवार, आश्विन २६ २०८३
सोमवार, आश्विन २६ २०८३
  • सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट विनियोजन

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि आइतबार प्रदेशसभामा पेस भएको बजेटमा सुदूरपश्चिम प्रदेशको ‘रिफरल अस्पताल’का रूपमा रहेको सेती प्रादेशिक अस्पताल सुधार कार्यक्रम लागू गरिने उल्लेख छ ।

    त्यसका लागि बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले जानकारी दिए । मुख्यमन्त्री खगराज भट्ट पदभार ग्रहण गरेलगत्तै सेती प्रादेशिक अस्पतालको निरीक्षण गरेका थिए ।  त्यसपछि उनले अनुगमनलाई निरन्तरता दिएका थिए । 

    मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले अस्पतालको आकस्मिक कक्ष, डायलायसिस सेवा, आइसीयू, गाइनो वार्डलगायत विभिन्न विभागको अनुगमन तथा निरीक्षण गरेका थिए । 

    निरीक्षणका क्रममा उनले अस्पतालको सरसफाइ, भौतिक अवस्था र सेवा प्रवाहप्रति असन्तुष्टि जनाउँदै सुधारका लागि अस्पताल प्रशासनलाई निर्देशनसमेत दिएका थिए । 

    कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषगरी सूदूरपश्चिमका नौवटा जिल्लाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ बिरामीको चाप, जनशक्ति र पूर्वाधारको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ ।  

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij