सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • सल्यानमा जीप दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

    सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

    शुक्रबार साँझ करिब ६ः३५ बजे श्रीनगरबाट टाकुरा गाउँतर्फ जाँदै गरेको लु.१ ज २३६८ नम्बरको जीप सिद्ध कुमाख गाउँपालिका–२ को भित्री कच्ची सडकखण्डबाट करिब १०० मिटर तल खोलामा खसेको हो ।

    दुर्घटनामा घाइते भएका १० जनालाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको थियो । उपचारका क्रममा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ की ४२ वर्षीया कृष्णा बस्नेत, ४५ वर्षीया सीता विक र ४३ वर्षीय साउने रोका रहेका छन् ।

    दुर्घटनामा घाइते हुनेमा सिद्ध कुमाख गाउँपालिका–२ का देवबहादुर विक, सुशीला चलाउने, राधिका चलाउने र दीपक रोका छन् । त्यस्तै, वडा नं. ३ का कमल बुढाथोकी र सात वर्षीया बिमला बुढाथोकी तथा वडा नं. २ का १० वर्षीय युवराज परियार घाइते भएका छन् ।

    घाइतेमध्ये केहीलाई थप उपचारका लागि दाङ र नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि जीप चालक सिद्ध कुमाख गाउँपालिका–२ का ३८ वर्षीय तिलक चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij