बीपी राजमार्ग दुईतर्फी अवरुद्ध, अन्य सडकमा पनि सतर्कता अपनाउन आग्रह

बीपी राजमार्ग दुईतर्फी अवरुद्ध, अन्य सडकमा पनि सतर्कता अपनाउन आग्रह

शनिवार, कार्तिक १४ २०८३
शनिवार, कार्तिक १४ २०८३
  • बीपी राजमार्ग दुईतर्फी अवरुद्ध, अन्य सडकमा पनि सतर्कता अपनाउन आग्रह

    काठमाडौं । लगातारको वर्षाका कारण बीपी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका दुई स्थानमा खहरे खोलाको लेदो र पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीमा सडकमाथिबाट ढुङ्गा, माटोसहितको लेदो खसिरहेको छ भने रोशी गाउँपालिका–८ गिम्दीबेसीमा पहिरो झरिरहेको छ । यसका कारण उक्त राजमार्गमा दुवैतर्फको यातायात आवागमन ठप्प भएको हो ।

    अन्य प्रमुख राजमार्गमा भने सामान्य रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडकखण्ड तथा कान्ति लोकमार्गमा अहिलेसम्म अवरोध नरहेको जनाइएको छ । यद्यपि, वर्षाका कारण जोखिम हुन सक्ने भएकाले ती सडकमा पनि सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

    सडक डिभिजन भरतपुर, चितवनले नारायणगढ–मुग्लिन सडकखण्ड हुँदै यात्रा गर्नुपर्ने भए सम्बन्धित सुरक्षा निकायसँग सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न चालक तथा यात्रुलाई अनुरोध गरेको छ ।

    यसैबीच, निरन्तर वर्षाका कारण कान्ति लोकमार्गमा दुई दिन रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै हिजो र आज बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक लगाएको हो ।

    मौसमविद्का अनुसार आज बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव कम हुँदै जाने र क्रमशः वर्षा रोकिने सम्भावना छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij