काठमाडौं । जनकपुर बोल्ट्सका राहुल यादवको घातक बलिङमा काठमान्डु गोर्खाज ११५ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी आजको पहिलो खेलमा काठमान्डुले जनकपुरलाई जितका लागि ११६ रनको लक्ष्य दिएको हो ।
टस जितेर ब्याटिङ थालेको काठमान्डु १९.३ ओभरमा ११५ रनमै अलआउट भयो । काठमाडौंका लागि भीम सार्कीले ३३, राशिद खानले १७, स्मित पटेलले १३ तथा सुमित महर्जनले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।
आज साँझ पाँच वजे हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। जनकपुरलाई हराउँदै विजयी सुरुवात गरेको कर्णाली सोही लय कायम राख्ने लक्ष्यमा रहँदा पहिलो खेलमा जित नजिक पुगेर चितवन राइनोजसँग हारेको विराटनगर पुनरागमनको खोजीमा छ।