काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल ५–५ ओभरमा छोट्याइएको छ ।
वर्षाका कारण प्रभावित बनेको खेल त्रिवि क्रिकेट मैदानमा ग्राउन्ड स्टाफको निरन्तर प्रयासपछि सञ्चालन हुन लागेको हो । मैदानको निरीक्षण गरेपछि अम्पायरहरूले खेललाई पाँच ओभरमा सीमित गर्ने निर्णय गरेका हुन् ।
निर्धारित नयाँ तालिकाअनुसार साँझ ७:२५ बजे टस हुनेछ भने ७:४१ बजे खेल सुरु हुनेछ । दुवै इनिङ्सबीच १० मिनेटको विश्राम राखिएको छ ।
छोट्याइएको खेलका लागि मैदानको रेडबुल जोनतर्फको बाउन्ड्री छोटो बनाइएको छ । खेल स्कोरबोर्डतर्फको दोस्रो विकेटमा सञ्चालन गरिनेछ ।
पाँच ओभरको खेल र छोटो बाउन्ड्रीका कारण आक्रामक ब्याटिङ र उच्च स्कोरको सम्भावना रहने देखिए पनि पिचको व्यवहारले खेलमा महत्त्वपूर्ण भूमिका खेल्नेछ ।