पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

शनिवार, कार्तिक २१ २०८३
शनिवार, कार्तिक २१ २०८३
  • पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । यसको प्रभावले आज देशका पाँच प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । अन्य हिमाली भूभागमा पनि आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाले आइतबार पनि देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरेको छ । तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ ।

    आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभाग र कोशी तथा बागमती प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij