सन्दीप लामिछानेको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली घोषणा

सन्दीप लामिछानेको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली घोषणा

सोमवार, कार्तिक ३० २०८३
सोमवार, कार्तिक ३० २०८३
  • सन्दीप लामिछानेको कप्तानीमा एसिया कप राइजिङ स्टार्स खेल्ने नेपाली टोली घोषणा

    काठमाडौं । एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको कप्तानीमा सोमबार नेपाली टोली सार्वजनिक गरेको हो । टोलीमा अनुभवी तथा युवा खेलाडीलाई समेटिएको छ ।

    घोषित टोलीमा सन्दीप लामिछानेसहित लोकेश बम, बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिशेष गौतम, इशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन् ।

    नोभेम्बर १९ देखि २९ सम्म कतारमा आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत ‘ए’, पाकिस्तान ‘ए’ र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् ।

    नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । त्यसपछि नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ ।

    प्रतियोगितामा सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहबाट शीर्ष दुई स्थान हासिल गर्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल नोभेम्बर २९ मा हुनेछ ।

    नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्दै राइजिङ स्टार्स एसिया कपका लागि छनोट भएको हो । प्रिमियर कपमा दोस्रो भएको यूएई र तेस्रो भएको हङकङले पनि प्रतियोगितामा स्थान बनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij