टेक्ससमा नेपाली सोसाइटीको देउसी–भैलो कार्यक्रम सम्पन्न

टेक्ससमा नेपाली सोसाइटीको देउसी–भैलो कार्यक्रम सम्पन्न

बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • टेक्ससमा नेपाली सोसाइटीको देउसी–भैलो कार्यक्रम सम्पन्न

    काठमाडौं । अमेरिकाको टेक्ससस्थित नेपाली सोसाइटी अफ टेक्सस (एनएसटी) ले आयोजना गरेको परम्परागत देउसी–भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

    टेक्ससको युलेसस्थित नेपाली पशुपति मन्दिर तथा बुद्ध विहारको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

    nepali society 1.jpg

    नेपाली कला, संस्कृति, भाषा, परम्परा र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । प्रवासमा रहेर पनि नेपाली चाडपर्व र संस्कृतिलाई जीवन्त राख्नुका साथै नयाँ पुस्ताका बालबालिकालाई नेपाली संस्कार र परम्पराबारे परिचित गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

    dheausi-2.jfif

    कार्यक्रममा चर्चित लोकगायक कुलेन्द्र विश्वकर्मा अतिथिका रूपमा सहभागी भएका थिए । उनको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

    3.jpg

    त्यसैगरी, नेपाली पाठशालाका विद्यार्थीहरूले समेत कार्यक्रममा सहभागिता जनाएका थिए । बालबालिकाको सहभागिताले नेपाली भाषा, कला र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रयासलाई थप बल पुगेको आयोजकको भनाइ छ ।

    dheausi.jfif

    विदेशी भूमिमा नेपाली सांस्कृतिक पर्वलाई सामूहिक रूपमा मनाउँदा समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना बलियो बनेको आयोजकले जनाएको छ ।

    5.jpg

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने आयोजक, स्वयंसेवक, कलाकार, अतिथि, विद्यार्थी, अभिभावक तथा सम्पूर्ण नेपाली समुदायप्रति नेपाली सोसाइटी अफ टेक्ससले आभार व्यक्त गरेको छ ।

    6.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij