काठमाडौं । माथिल्लो वायुमण्डलमा सक्रिय न्यूनचापीय प्रणालीको प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान देशका अधिकांश स्थानको मौसम सफा रहे पनि हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । तराईका भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी ३१.४ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी गोरखा, सिन्धुपाल्चोक र संखुवासभामा पनि हल्का वर्षा भएको छ ।
आज दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् । बाँकी भू-भागमा आंशिक बदली रहने अनुमान छ ।