झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति, शव उठाउने तयारी

झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति, शव उठाउने तयारी

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति, शव उठाउने तयारी

    काठमाडौं । सवारी ज्यान सम्बन्धी कसुरमा हिरासतमा रहेका झाँक्री प्रकाश भुजेल र मृतक परिवारबीच सहमति भएको छ । दुई पक्षबीच छलफलपछि अस्पतालमा रहेको शव उठाउने तयारी भइरहेको छ । 

    काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

    दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij