यात्रुबाहक बसले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु, बसमा आगजनी

यात्रुबाहक बसले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु, बसमा आगजनी

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • यात्रुबाहक बसले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु, बसमा आगजनी

    काठमाडौं । सुनसरीको खनारमा यात्रुबाहक बसले ठक्कर दिँदा एकजना बालिकाको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत खनारको शान्ति चोकमा मे १ ख ४५७४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा साइकल यात्री इटहरी उपमहानगरपालिका– १० की १३ वर्षीया सम्झना यादवको मृत्यु भएको हो।

    स्थानीय जनता माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई स्कुलबाट घर फर्कदै गर्दा बसले ठक्कर दिएको थियो। ठक्करपछि बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।

    दुर्घटनापछि घटनास्थलबाट भागेको बसलाई स्थानीयले कोशी राजमार्गको खनार चोकस्थित सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै आगो लगाइदिएका हुन्। आगलागीबाट बस पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।

    ठक्करपछि असन्तुष्ट बनेका स्थानीयले कोशी राजमार्ग अवरुद्ध गरेका छन् ।  स्थानीयले सडक अवरुद्ध गरेपछि अहिले खनारको अवस्था तनावग्रस्त बनेको छ । स्थानीय आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij