तनहुँमा दुईवटा बस आपसमा ठोक्किँदा चालकको मृत्यु, ३० जना घाइते

तनहुँमा दुईवटा बस आपसमा ठोक्किँदा चालकको मृत्यु, ३० जना घाइते

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • तनहुँमा दुईवटा बस आपसमा ठोक्किँदा चालकको मृत्यु, ३० जना घाइते

    काठमाडौं ।  तनहुँमा दुई यात्रुबाहक बस आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक चालकको मृत्य भएको छ भने ३० यात्रु घाइते भएका छन् ।

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिकामा–५ नयाँ पुल गोरेचौतारामा दुई यात्रुबाहक बस ठोक्किएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गण्डकी जिएए ००७० नम्बरको बस र भे १ ख ३४८७ नम्बरको बस आपसमा ठोक्किएका हुन् ।

    जस क्रममा जिएए ००७० नम्बरको बसका चालक तनहुँकै ऋषिङ पाटन घरभएका ३९ वर्षीय रामबहादुर परियारको मृत्यु भएको छ । दुर्घटनामा दुई बसका ३० जना घाइते भएका छन् । घाइतेहरुको मोती र लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ ।

    नाम थर नखुलेका एक जना गम्भीर घाइतेलाई भने उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij