नक्कली फेसबूक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ

नक्कली फेसबूक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • नक्कली फेसबूक आइडीबाट बिहेको प्रलोभन देखाएर २७ लाख ठगी गर्ने युवक पक्राउ

    काठमाडौं । नक्कली फेसबुक आईडी बनाएर बिहेको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–५ घर भइ काठमाडौं चन्द्रागिरी बस्दै आएका रुद्रबहादुर तामाङ छन् ।

    उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चन्द्रागिरीको हाईभिजन कोलोनीबाट पक्राउ गरेको हो ।

    उनले फेसबुकमा केटी साथी बनाउँदै आफू सिंगापुरे लाहुरे भएको परिचय दिन्थे ।

    आफूसँग बिहे गरे सिंगापुर लैजाने भन्दै उनले प्रलोभन समेत देखाउँथे । केटीहरुलाई विश्वासमा दिलाउनका लागि कागजातहरु समेत पठाउने गरेको खुलेको छ ।

    त्यसपछि कागजात बनाउनुपर्छ भन्दै चेक तथा नगद गरेर पटक पटक २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको खुलेको छ । उनीबाट अन्य कोही पीडित भए सम्पर्क गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij