कीर्तिपुर–३ का वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्ष तोडफोड

कीर्तिपुर–३ का वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्ष तोडफोड

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • कीर्तिपुर–३ का वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्ष तोडफोड

    काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि त्यही नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले हातपात गर्नुका साथै मेयरको कार्यकक्षमा तोडफोड गरेका छन् । 

    नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महजर्नले वडाध्यक्षले हातपात र तोडफोड गरेको जानकारी दिए । त्यसको कारण खुल्न नसके पनि राजनीतिक कारण भने नभएको उनको भनाइ छ । 

    वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर मेयरमाथि हातपात गरेका हुन् । 

    मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् ।

    मेयर पदका लागि मंसिर १६ गते मतदान हुँदै छ । त्यसका लागि आज मनोनयन गर्दाको कार्यक्रम छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij