पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

    काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । काठमाडाैंको फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आइतबार उनको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएको छ ।

    उनको कलेजाेसम्बन्धी राेगको उपचार चलिरहेको थियो । २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसदमा उनी सभामुख भएका थिए । उनी  २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए ।

    वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन पनि विशेष भूमिका खेलेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij