चलचित्र विकास बोर्डको कारबाहीमा परे नियम विपरित चलचित्र देखाउने १९ हल

चलचित्र विकास बोर्डको कारबाहीमा परे नियम विपरित चलचित्र देखाउने १९ हल

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • चलचित्र विकास बोर्डको कारबाहीमा परे नियम विपरित चलचित्र देखाउने १९ हल

    काठमाडौं । चलचित्र विकाश बोर्डले मुलुकका १९ वटा चलचित्र घरलाई कारवाही गर्ने भएको छ । लामो समयदेखि ती चलचित्र घरहरु नविकरण नगरेको, चलचित्र घर बन्द भएको बोर्ड जानकारी गराएको तर चलचित्रको प्रदर्शनी गरिरहेको भन्दै कारवाही प्रकृया सुरु गरिएको चलचित्र विकास बोर्डले जनाएको छ । 

    नेपाली चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ को निर्माताहरुले ती चलचित्र घरमा चलचित्र चलाएर व्यापार नभएको देखाई निर्माता ठगेको जानकारी गराएपछि बोर्डले कारबाहीको प्रकृया सुरु गरेको हो । 

    तिहारको लक्ष्मीपुजाबाट रिलिज भएको नेपाली चलचित्र पूर्णबहादुरको सारंगी हाउसफुल रुपमा प्रदर्शन हुँदाहुँदै मुलुकका १९ वटा चलचित्र घरबाट सो चलचित्र उतारिएको छ । यो चलचित्रको निर्माण तथा वितरण कम्पनी सेभेन सिज ईन्टरटेनमेन्ट प्रालिले ती चलचित्र घर बिरुद्ध शुक्रबार चलचित्र विकाश बोर्डमा उजुरी दिँदै शनिबार ती हलबाट चलचित्र उतारेको हो । सोही उजुरीको आधारमा बोर्डले ती चलचित्र घरलाई कारवाही गर्न लागेको पनि बोर्डले जनाएको छ । 

    आफ्नो चलचित्र हरेक शो हाउसफुलका साथ प्रदर्शन भईरहँदा १९ वटा हलले टिकट बिक्री नभएको भन्दै नक्कली विवरण दिएको पूर्णबहादुरको सारंगीका निर्माता विनोद पौडेलले बताएका थिए । उनीहरुले आधा भन्दा कम व्यापार देखाएपछि १९ वटा चलचित्र घरबाट आफ्नो चलचित्र उतार्नु परेको पनि उनले जानकारी दिएका थिए ।

    निर्माता पौडेलका अनुसार इलाम हल इलाम, धनकुटा सिनेमा हल धनकुटा, फिदिम हल पाँचथर, अरुण सिनेमा बिराटनगर, विराटचोक सिनेमा हल मोरङ, हिमालय टाँकिज विराटनगर, सी.वी. सिनेमा हल इनरुवा, निलम सिनेमाज जनकपुर, गिरिजा थ्रिडी सिनेमा जनकपुर, आरएस मुभिज सिनेमा हल बर्दिवास, दीपक सिनेमा बरहथवा, त्रीमूर्ति हल विरगञ्ज, विना चलचित्र मन्दीर लालबन्दी, चरिकोट हल दोलखा, एभरेष्ट चलचित्र हल राजगढ, त्रिशूली चलचित्र हल नुवाकोट, गोरखा हल गोरखा र लभ कुश चलचित्र हल महेन्द्रनगरमा शनिबारबाट चलचित्र प्रदर्शनमा रोक लगाईएको छ ।

    ठगी गरेकाे भन्दै तीनै हललाई बाेर्डले कारबाही गर्ने तयारी गरेकाे हाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij