काठमाडौं । कीर्तिपुर नगरपालिकामा सरसफाइ अभियन्ता राजमान मानव महर्जनले मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । आइतबार उनले नगरपालिका कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता कार्यक्रममा उनका समर्थकले कुचो बोकेर आएका थिए । कीर्तिपुरको मेयरका लागि अहिलेसम्म दुई स्वतन्त्रसहित ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसले कृष्णमान डंगोल, नेकपा एमालेले सुरेन्द्र मानन्धर तथा माओवादी केन्द्रले प्राडा शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ । राप्रपाको तर्फबाट ध्रुव महर्जनले उम्मेदवारी दिएका छन् । मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।