काठमाडौं । जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका छन् । मेयरमा नेपाल हनी महर्जन र वडा नं ४ को वडाध्यक्षमा मौनीले उम्मेदवारी दिएका हुन् ।
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि दुबै उम्मेदवारले आइतबार कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी दर्ता गराएका छन् ।
उनीहरुले शनिबार मायाको पहिचान नेपालको कार्यालयमा शनिबार पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका थिए ।