सञ्चालनमा आएको दुई महिनामै धरहरा बन्द

सञ्चालनमा आएको दुई महिनामै धरहरा बन्द

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • सञ्चालनमा आएको दुई महिनामै धरहरा बन्द

    काठमाडौं । सञ्चालनमा आएको दुई महिना मैै धरहरा बन्द भएको छ । काठमाडौंको सुन्धारमा रहेको धरहरा असोज ३ गतेदेखि सञ्चालनमा आएको थियो । लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको हो । 

    २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो । निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो ।

    तत्काल परीक्षणका लागि खुला गरिएको यस धरहरा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । जसका लागि अनलाइनमार्फत निःशुल्क टिकट बुक गरेर चढ्न पाउने व्यवस्था गरेको थियो । 

    बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा साँधैका लागि खुला गरिएको फेरी चढ्न पाउनेको सङ्ख्या बढाएर १ हजार ५० पुर्याएको थियो । तर हालसम्म २५ हजार ७ सय ४२ जना धरहरा चढेका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij