झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

    काठमाडौं । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । आइतबार बिहान २ बजे दमक नगरपालिका-३ दिपज्योति टोलस्थित जंगलबाट आएको हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

    ४५ वर्षीय मिनबहादुर भण्डारीलाई हात्तीले लछारपछार गरेको प्रहरीले जनाएको छ । उनले हात्ती धपाउन खोज्दा हात्तीले आक्रमण गरेको हो ।

    आक्रमणबाट उनको मृत्यु भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिएको थियो । उक्त टोलीले अनुसन्धान अघि बढाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij