भक्तपुर । मानव कल्याण समाजकी अध्यक्ष सुमी मानव सम्मानित भएकी छिन् । भवानी जोशी सेवा प्रतिष्ठानले शनिबार एक कार्यक्रमबिच मानवलाई ताम्रपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

शनिबार स्व. भवानी जोशीद्वारा संग्रह गरिएको उपहार कबिता संग्रहको बिमोचन कार्यक्रम रहेको थियो । मानव कल्याण समाज सेवा घरले संचालन गर्दै आईरहेको मानवीय कल्याणको कार्यको प्रशंसा गर्दै सो कार्यक्रममा सुमि मानवलाई सम्मानित गरिएको हो ।
भवानी जोशी सेवा प्रतिष्ठानले मानव कल्याण समाजका अशक्त आमाबुबाहरुको औषधी उपचारको लागि ७ लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरेको छ ।
