‘ए प्लस’ ग्रेडिङ पाउने आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वर पुरष्कृत

‘ए प्लस’ ग्रेडिङ पाउने आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वर पुरष्कृत

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • ‘ए प्लस’ ग्रेडिङ पाउने आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वर पुरष्कृत

    काठमाडौं । आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरले ‘ए प्लस’ ग्रेडिङ पाएको छ । राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले करमा उल्लेख्य योगदान पुर्याउने करदाता तथा कार्यालय एवं कर्मचारीहरुलाई पुरस्कृत गरेका हुन् । 

    01de1768-ced6-49ff-af17-2e56a4e51b13.JPG

    कार्यक्रममा समग्र कार्यसम्पादन समेतका आधारमा ए प्लस ग्रेडिङ्ग प्राप्त गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो । 

    आन्तरिक राजस्व विभाग स्रोतका अनुसार गत आर्थिक बर्षको राजस्व संकलनको लक्ष्यको तुलनामा उक्त कार्यालयले १०४ प्रतिशत उपलब्धी हासिल गरेको थियो । उक्त प्रशंसा पत्र प्राप्तिसँगै आगामी दिनमा कार्यसम्पादनलाई थप उत्कृष्ट बनाउने जिम्मेवारीका लागि उत्प्रेरणा एवं उर्जा प्राप्त भएको प्रमुख आचार्यले प्रतिक्रिया दिए । 

    24005254-03c0-4288-a624-02523f652455.JPG

    यस्तै कार्यक्रममा अन्य आन्तरिक राजस्व कार्यालयहरुमा भद्रपुर तथा ईटहरी तथा करदाता सेवा कार्यालयतर्फ तौलिहवा, दिक्तेल र पुतलीबजारका कार्यालयहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij