कालीगण्डकी कोरिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कालीगण्डकी कोरिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • कालीगण्डकी कोरिडोरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

    काठमाडौं । कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

    बुलिङटार गाउँपालिका–२ भाङबारीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  

    थापा कालीगण्डकी कोरिडोरअन्तर्गत बुलिङटारबाट गैँडाकोटतर्फ जाँदै गरेको ना २७ प २४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थिए । 

    मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij