झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • झापामा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । झापाको मेचीनगरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

    शुक्रबार साँझ ६ः२० बजे मेचीनगर नगरपालिका वडा नं. १० स्थित पूर्वपश्चिम राजमार्गमा चारआलीबाट धुलाबारीतर्फ जाँदै गरेको मे.६ प.३१७९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

    मोटरसाइकलको ठक्करबाट इलाम रोङ गाउँपालिका वडा नं ३ कोल्बुङ बस्ने अन्दाजी ५५ वर्षीय इन्द्रबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    गम्भीर घाइते भएका उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पुर्याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियोे ।

    मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नं. ७ बस्ने अन्दाजी ५२ वर्षीय गणेश राजवंशीसमेत घाइते भएका छन् । हात खुट्टा, अनुहार र मुखमा चोट लागेका राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij