काठमाडौं । वीरेन्द्रनगरमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। शुक्रबार बिहान वीरेन्द्रनगर नगरपालिका–१, सनसाइन एकेडेमी स्कुलको बसले ठक्कर दिएको हो ।
बसको ठक्करबाट सोही वडाकी अन्दाजी ५ वर्षीय समीक्षा सुनारको मृत्यु भएको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।