काठमाडौंको वायु प्रदूषणमा केही सुधार, विश्वकै प्रदूषित सहरको आठौं स्थान

काठमाडौंको वायु प्रदूषणमा केही सुधार, विश्वकै प्रदूषित सहरको आठौं स्थान

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौंको वायु प्रदूषणमा केही सुधार, विश्वकै प्रदूषित सहरको आठौं स्थान

    काठमाडौं । काठमाडौंको वायु प्रदूषणमा केही सुधार आएको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको आठौं स्थानमा झरेको छ ।

    आईक्यू एअरका अनुसार नेपालको वायु प्रदूषण १ सय ६५ एक्यूआई मापन गरिएको छ । बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको छटौं स्थानमा थियो भने १ सय ७० एक्यूआई प्रदूषण मापन गरिएको थियो ।

    विश्वकै प्रदूषित सहरमा पाकिस्तानको लाहोर पहिलो स्थानमा यथावत छ । लाहोरको ७ सय ८० एक्यूआई मापन गरिएको छ । आक्यूएअरका अनुसार भारतको  दिल्ली दोस्रो स्थानमा छ । दिल्लीको प्रदूषण ७ सय ४९ मापन गरिएको छ । बङ्लादेशको ढाका तेस्रो स्थानमा छ । ढाकाको प्रदूषण २२९ मापन गरिएको छ ।   भारतको कोलकत्ता पनि १७७ अंकका साथ चौथोमा छ । 

    चीनको वुहान १७२ एक्यूआईका साथ पाँचौमा छ । इन्डोनिशियाको जर्काता छैठौंमा छ भने पाकिस्तानको अर्को शहर कराची आठौं, भियतनामको हनोई नवौं र भारतको मुम्बई दशौँमा छन्। लामो समयदेखि पानी नपर्दा काठमाडौंको वायु प्रदूषण खस्कदै गएको हो।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij